खासकुरा संवाददाता
हेटौँडा, भदौ ७ गते । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका ९ स्थित पशुपतिनगर सडक खण्डमा शनिबार भएको दुर्घटनामा एक महिलाको मृत्युभएको छ ।
रातोमाटेबाट हेटौँडा बजार तर्फ आउँदै गरेको बा.प्र.०२–०४५ प ५५९७ नं. को मोटरसाइकल र विपरीत दिशा हेटौँडाबाट रातोमाटेतर्फ जाँदै गरेको बा.प्र.०३–००५ प ९०६९ नं. को मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा वीरगंज महानगरपालिका १३ मुर्ली बस्ने कविता जोशी श्रेष्ठको मृत्युभएको हो । जोशीको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बा.प्र.०३ ००५ प ९०६९ नं. को मोटरसाइकलका चालक वीरगंज महानगरपालिका १३ का वर्ष वर्षीय प्रविण श्रेष्ठ शरीरको विभिन्न भागमा चोट लागेको र सोही मोटरसाइकल पछाडि सवार निजको श्रीमती ४३ वर्षीया श्रेष्ठ हेटौँडाबाट रातोमाटेतर्फ जाँदै गरेको ना ७ ख ५०१० न.को बसमा समेत ठोक्किन गई शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाईते भएपछि दुवै जनालाई उपचारको लागि हेटौँडा अस्पताल पठाएको थियो ।
श्रेष्ठलाई उपचारको क्रममा साँझ १७ः३० बजेको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीको भनाई छ । दुवै मोटरसाइकल, ठक्कर दिने मोटरसाइकलका चालक, बस र बस चालक जिल्ला प्रहरी कार्यालय मकवानपुरको नियन्त्रणमा रहेका छन् ।
