प्रधानमन्त्री ओली चीन भ्रमणमा जानुहुँदै

लोकप्रिय

काठमाडौँ, भदौ ११ गते । प्रधानमन्त्री केपी शर्मा ओली यही भदौ १४ गते मित्र राष्ट्र  चीनको भ्रमण जानुहुने भएको छ ।

साङ्घाई सहयोग संगठन शिखर सम्मेलनमा सहभागिता हुँन  प्रधानमन्त्री ओली भदौ १४ गते चीन जान लाग्नु भएको परराष्ट्र  मन्त्रालयले  एक विज्ञप्ति मार्फत जानकारी गराएको छ । प्रधानमन्त्री ओली भदौ १८ गते नेपाल फर्कने कार्यक्रम रहेको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति जिनपिङसँग द्विपक्षीय भेटवार्ता गर्नुहने कार्यक्रमका साथै शिखर सम्मेलनलाई सम्बोधन गर्नुका साथै विभिन्न राष्ट्रका नेताहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार प्रतिनिधिमण्डलमा शिक्षा मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डे, कांग्रेसका उपसभापति सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, एमाले सांसद छविलाल विश्वकर्मा लगायत केही उच्चपदस्थ सरकारी अधिकारीहरू रहनु भएको छ ।

ताजा समाचार

Related Articles