हेटौँडा, भदौ ११ गते । मकवानपुरको मकवानपुरगढी गाउँपालिका ५ स्थित बासुदेव मार्गमा मोटरसाइकलले ठक्कर दिँदा घाइते भएकी एक वृद्धाको मृत्युभएको छ ।
मकवानपुरगढी गा.पा.५ सिमलटार स्थित बासुदेव मार्गमा ज्यामिरे खोलाबाट हेटौँडातर्फ आउँदै गरेको बा ५३ प २४१ न. को. मोटरसाइकलले आइतबार ठक्कर दिएर घाइते हुनुभएकी पैदलयात्री मकवानपुरगढी गापा ५ सिमलटारकी सुकुमाया गोलेको उपचारको क्रममा मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बाटो पार गर्ने क्रममा मोटरसाइकलले ठक्कर दिएर घाइते हुनुभएकी ७३ वर्षीया गोलेको हेटौँडा अस्पताल मकवानपुरमा उपचारपछि थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाईएको थियो ।
सोमबार घाईते गोलेको आफन्तले पुनः मकवानपुर सहकारी अस्पताल मकवानपुरमा ल्याई उपचार भईरहेकोमा उपचारको क्रममा मंगलबार साँझ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
प्रहरीले मोटरसाइकलका चालक मकवानपुरगढी गापा ६ सामरीका वर्ष २० का समिर घलान नियन्त्रणमा लिएको छ ।




