खासकुरा संवाददाता
हेटौँडा, भदौ १४ गते । चितवनको भरतपुरमा कार दुर्घटनामा एक जना चिकित्सकको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका १० स्थित रमाइलो चोकबाट विशाल चोकतर्फ आईरहेको बा १५ च ४६९३ नम्बरको कार आफैँ अनियन्त्रित भई रोड साइडमा रहेको रुपमा ठोक्किन गई दुर्घटना हुँदा कार चालक भरतपुर–२ आँपटारीका डा. विप्लब भट्टको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका डा.भट्टको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा शनिबार बिहान २ः०५ बजे मृत्यु भएकोप्रहरीको भनाई छ ।




