मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

लोकप्रिय

काठमाडौँ, भदौ १६ गते । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नियमित पत्रकार सम्मेलन मार्फत आज गत भाद्र १३ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्नु भएको हो । राजस्व न्यायाधिकरण नेपालगन्जको कानुन सदस्य तथा अध्यक्ष पदमा उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासका न्यायाधीश मुनेनन्द्रप्रसाद अवस्थीलाई तोक्ने निर्णय मन्त्रिपरिषदले गरेको छ ।

यसैगरी, सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता गरिएका व्यक्तिको छानबिन आयोगका लागि आ.व. २०८२/८३ का लागि अधिकृत स्तरका ५८ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय समेत सरकारले गरेको छ ।                              निर्णयहरु: 

ताजा समाचार

Related Articles