‘सामाजिक विद्वेष फैलाउने तत्त्वहरू क्रियाशील’

लोकप्रिय

काठमाडौँ, भदौ २३ गते ।

नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सामाजिक विद्वेष फैलाउने तत्त्वहरू अहिले पनि क्रियाशील रहेको बताउनुभएको छ । 

जात, वडा, पालिकामा मिलेर बसेको देख्न नसक्नेहरूले मुलुकमा साम्प्रदायिक विद्वेष फैल्याउने काम गरिरहेको अध्यक्ष ओलीको भनाइ छ । तिजको अवसर पारेर पार्टी निकट महिला सङ्गठन अखिल नेपाल महिला सङ्घ, मध्यपुर थिमी नगर कमिटीले शनिवार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । 

हाम्रा चाडपर्वसँग ठ्याक्कै मेल नखाने गतिविधि हुनु सुखद् नभएको पनि बताउनुभयो । अध्यक्ष ओलीले हाम्रा चाडपर्वको अर्थ सामाजिक सदभाव कायम गर्नु रहेको चर्चा गर्नुहुँदै त्यसले सबै समुदायमा निकटता ल्याउने माध्यमको रूपमा काम गरिरहेको स्मरण गर्नुभयो । 

तीज पर्वले महिलामा सबैभन्दा बढी खुसीयाली ल्याएको भन्दै उहाँले त्यसो हुनु सबैका लागि खुसीको कुरा भएको चर्चा गर्नुभयो ।  

ओलीले भन्नुभयो, ‘हाम्रो हरेक चाडका पछाडि विशेष अर्थ, विशेष महत्त्व छ । त्यसको एउटा धार्मिक पक्ष होला ।

धार्मिक पक्षको रूपमा त्यसलाई विकास गरिएको होला । दसैँको अर्थ पनि त्यही हो, तिहारको पनि त्यही हो । आफन्त मान्यजन कहाँ पुग्नैपर्छ । आशीर्वाद लिनैपर्छ ।’

अध्यक्ष ओलीले चाडपर्वलाई नेपालीले उत्सवको रूपमा मनाउनेगरेको र त्यसले सामाजिक प्रवन्धहरुलाई व्यवस्थित बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको  विश्वास व्यक्त गर्नुभयो । 

ताजा समाचार

Related Articles