अधिकारीलाई प्रदेश सहकारी मन्त्रालयको सचिवमा पदस्थापन गर्ने मन्त्रीपरिषद्को निर्णय

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ १९ गते । बागमती प्रदेश सरकारले प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिवमा खुबिराम अधिकारीलाई पदस्थापन गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले प्रदेशको ११ औँ तहका अधिकारीलाई सचिवमा पदस्थापन गर्ने निर्णय गरेको हो । अधिकारी प्रदेशको शिक्षा विकास निर्देशनालयको महानिर्देशकमा कार्यरत रहनुभएको थियो ।
यसअघि मन्त्रीपरिषद् बैठकले उक्त मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीलाई सामाजिक विकास मन्त्रालयको सचिवको समेत जिम्मेवारी दिएको थियो ।
मन्त्रीपरिषद् बैठकले मन्त्रीपरिषद् कार्यालयमा प्रदेश सरकारको कार्यलाई व्यवस्थित गर्न विभिन्न विषयगत समितिहरू गठन गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले राजनीतिक समिति, प्रशासन तथा विधेयक समिति र सामाजिक, आर्थिक तथा पूर्वाधार समिति गठन गर्ने निर्णय गरेको बताउनुभयो ।
त्यसैगरी प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धमा बनेको विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय बैठकले गरेको छ ।
विभिन्न मन्त्रालयको अस्थायी दरबन्दीहरु स्वीकृत गर्ने र पर्यटन तथा संस्कृति मन्त्रालयमार्फत भएको खर्च गर्न गर्न सहमति प्रदान गर्ने निर्णय गरेको छ । संस्कृति संरक्षणका जिब्रो छेड्ने व्यक्तिलाई प्रोत्साहन स्वरुप रकम दिने निर्णय भएको मन्त्री तामाङले बताउनुभयो । बैठकले प्रदेशको प्रशासनिक संरचना निर्माण गर्ने स्थलमा रुख कटान गर्न स्रोत सुनिश्चितताका लागि वन विकास कोष जम्मा गर्न स्वीकृति प्रदान गरेको छ ।

ताजा समाचार

Related Articles