सामाजिक सञ्जाल बन्दविरुद्ध प्रदर्शन

लोकप्रिय

काठमाडौँ, भदौ २२ गते । सामाजिक सञ्जाल निष्क्रिय बनाएसँगै पत्रकारहरु विरोधमा उत्रिएका छन् ।
सामाजिक सञ्जाल बन्दविरुद्ध आइतबार पत्रकारहरुले प्रदर्शन काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।
नेपाल पत्रकार महासंघका पूर्वपदाधिकारी एवं सदस्यको आह्वानमा भएको प्रदर्शनमा सहभागीले विभिन्न नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । उनीहरू ह्यासट्याग ‘नो ब्यान’, ‘अभिव्यक्ति स्वतन्त्रता हाम्रो अधिकार’, ‘जनताको आवाज बन्द गर्न पाइँदैन’, ‘लोकतन्त्र ह्याक हुँदै छ, निरंकुशता ब्याक हुँदै छ’ लगायत नारा लेखिएका प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका थिए ।
प्रदर्शनमा नेपाल पत्रकार महासंघका पूर्वपदाधिकारी एवं सदस्य, विभिन्न मिडियामा आबद्धलगायत सञ्चारकर्मी सहभागी थिए ।
पत्रकार महासंघका पूर्वपदाधिकारी एवं सदस्यले यसअघि संयुक्त विज्ञप्ति जारी गर्दै दर्ता नभएको बहानामा सामाजिक सञ्जालमाथि लगाइएको यो प्रतिबन्धले नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथि गम्भीर आघात पुगेको जनाएका थिए ।

ताजा समाचार

Related Articles