रास्वपा महाधिवेशनको तयारी अन्तिम तयारी

लोकप्रिय

काठमाडौँ, असार ६ गते । चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । महाधिवेशनअघि शनिबार भरतपुरमा आयोजित केन्द्रीय समितिको बैठकमा बोल्दै पार्टी सभापति रवि लामिछानेले महाधिवेशन पार्टीलाई थप वैधानिक, संस्थागत र लोकतान्त्रिक ढङ्गले अगाडि बढाउने महत्त्वपूर्ण अवसर भएको बताउनुभएको छ ।

रास्वपाले २०८२ को प्रतिनिधिसभा निर्वाचनमा ‘थिति बसाल्ने सङ्कल्प’ को मुख्य नारासहित जारी गरेको वाचा पत्र २०८२ मा ‘सदाचार र असल शासन’, ‘मध्यम वर्गीय विस्तार’, ‘काम, काम, काम’, ‘कनेक्टिभिटी’ र ‘प्रवास’ का विषय मुख्य प्राथमिकतामा राखेको छ । सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता र स्वाधिमानलाई अक्षुण्ण राख्दै सो बमोजिमको प्रतिफल स्वरुप ‘समुन्नित’ पाँच वर्षभित्र भुक्तान गर्ने सर्तमा नागरिक करार मञ्जुरपत्र गरेको छ ।

सञ्चार कर्म परित्याग गर्दै सभापति लामिछानेले २०७९ असार ७ गते काठमाडौँमा एक कार्यक्रम आयोजना गरी ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को घोषणा गर्नुभएको हो ।

ताजा समाचार

Related Articles