काठमाडौँ, भदौ २४ गते । भारत सरकरले नेपालमा भइरहेको घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताएको छ । भारतीय विदेश मन्त्रालयले एक विज्ञाप्ति मार्फत नेपाल घनिष्ठ मित्र र छिमेकीको रुपमा हामी सम्बन्धित सबैले संयम अपनाउने र शान्तिपूर्ण माध्यम र संवाद मार्फत कुनै पनि विषयलाई सम्बोधन गर्ने कुराको आशा गरेको छ ।

धेरै युवाहरुको ज्यान गएकोमा अत्यन्तै दुःखी छौं । हाम्रो विचार र प्रार्थना मृतकका परिवारहरुको साथमा छ । हामी घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्छौं । विज्ञाप्तिमा भनिएको छ ।

यस्तै भारतले काठमाडौँ र नेपालका अन्य धेरै शहरहरुमा अधिकारीहरुले लगाउनु भएको कफ्र्युलाई पनि ध्यानमा राखेको बताउदै नेपालमा रहेका भारतीय नागरिकहरुलाई सावधानी अपनाउन र नेपाली अधिकारीहरुले जारी गर्नुभएका कदम र निर्देशनहरु पालना गर्न आग्रह गरेको छ ।




