काठमाडौं, भदौ २४ गते । हिजोदेखि काठमाडौंलगायत मुलुकका विभिन्न भागमा भएको प्रदर्शनका क्रममा ठूलो जनधनको क्षति भएकोप्रति सरकारका उच्च पदाधिकारीहरूले गहिरो दुःख प्रकट गर्नुभएको छ । घटनामा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ ।

प्रधानमन्त्रीको राजीनामा स्वीकृत समेत भइसकेको अवस्थामा थप जनधनको क्षति हुन नदिन आम नागरिकलाई संयमता अपनाउन अनुरोध गरिएको छ । यस विषयमा संवादमार्फत यथाशक्य छिटो शान्तिपूर्ण समाधान खोज्न सबैलाई आह्वान गरिएको छ । यस सम्बन्धमा सरकारका तर्फबाट आज सार्वजनिक गरिएको अपिलमा भनिएको छ– 




