प्रदेश प्रमुखलाई मुख्यन्यायधिवक्ताको वार्षिक प्रतिवेदन बुझाइयो

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ २४ गते ।
बागमती प्रदेशका मुख्यन्यायधिवक्ता ज्ञानेन्द्र नेपालले बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष वार्षिक प्रतिवेदन बुझाउनुभएको छ ।
प्रदेश प्रमुख शर्मासमक्ष प्रदेश प्रमुखको कार्यालयमा आइतबार मुख्यन्यायधिवक्ता नेपालले गत आर्थिक वर्ष ०७९÷८० मा , बागमती प्रदेशको मुख्यन्यायधिवक्ताको कार्यालयले गरेका कामको विवरण समेटिएको प्रतिवेदन पेश गर्नुभएको हो ।
मुख्यन्यायाधिवक्ता नेपालले मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार तथा सेवाको शर्तसम्बन्धी ऐन, २०७५ को दफा ११ बमोजिम मुख्य न्यायाधिवक्ताको कार्यालयले गत आवमा सम्पादन गरेको काम कारबाहीहरु समेटेर तयार गरिएको वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।
प्रतिवेदन बुझ्नुहुँदै प्रदेश प्रमुख शर्माले मुख्यन्यायधिवक्ताको कार्यालयमार्फत सरकारको प्रतिरक्षाका लागि गरिएको कामकारबाहीहरुको प्रशंसा गर्नुभयो । आगामी दिनमा पनि प्रदेश सरकारका लागि आवश्यक न्याय सम्पादनको कार्यमा दत्तचित्त भएर मुख्यन्यायधिवक्ता कार्यालय लागिपर्ने विश्वास व्यक्त गर्नुभयो ।

ताजा समाचार

Related Articles