हेटौँडा, असोज १ गते । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आज पदबाट राजीनामा दिनुभएको छ । उहाँले उपसभामुख अपसरा चापागाईँलाई आफ्नो राजीनामा पत्र बुझाउनुभएको हो ।

नेपालको संविधान र प्रदेशसभा नियमावली २०७४ को व्यवस्था अनुसार सभामुख पदबाट राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । पाठकले यसअघि गत भदौ २४ गते सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामा दिएको घोषणा गर्नुभएको थियो ।





