जबरजस्ती करणीबाट एक महिलाको मृत्यु

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, असोज १ गते । धादिङ जिल्लाको निलकण्ठ नगरपालिका ११ लामस्थानमा जबरजस्ती करणीबाट एक महिलाको मृत्युभएको छ ।
आफ्नै दिदीको घरमा वर्ष २९ की एक महिलालाई ३१ वर्षीय को खिलबहादुर नगरकोटीले जबरजस्ती करणी गर्दा मृत्युभएको बागमती प्रदेश प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।
भदौ २५ गते नगरकोटीले ती महिलामाथि जबरजस्ती करणी गरेका थिए ।
पीडित महिलालाई शरीरमा रगतको मात्रा कमी भई जिल्ला अस्पताल धादिङमा उपचार भईरहेकोमा बुधबार बिहान १ः२० बजे उपचारको क्रममा मृत्यु भएको प्रहरी को भनाई छ ।
मृतकको शव जिल्ला अस्पतालमा नै रहेको र घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

Related Articles