हेटौँडा, असोज १ गते । मकवानपुरको कैलाश गाउँपालिकाका पाँच विद्यालयलाई फुटबल खेलका सामाग्री हस्तान्तरण गरिएको छ । चाइल्ड रिच नेपालको सहयोगमा गाउँपालिकामा अवस्थित पाँच माध्यामिक विद्यालयलाई मंगलबार खेल सामाग्री हस्तान्तरण गरिएको हो ।
गाउँपालिकाको वडा नं. ३ मा अवस्थित भवानी माध्यामिक विद्यालयमा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले विद्यालयलाई सामाग्री हस्तान्तरण गर्दै सामाग्रीको सदुपयोग गरी खेलाडी उत्पादनमा जोड दिन आग्रह गर्नुभयो । उहाँले आगामी दिनमा सहकार्य गरी काम गरिने प्रतिवद्धता जनाउनुभयो ।
विद्यालय स्तरबाटै फुटबल खेलकुदमा खेलाडीहरु उत्पादन हुने हेतुले सामाग्री हस्तान्तरण गरिएको संस्थाका सहायक कार्यक्रम संयोजक पूजा रानामगरले जानकारी दिनुभयो ।
भवानी माविसँगै गाउँपालिका वडा नं. ६ मा रहेको व्यास माध्यामिक विद्यालय, वडा नं. २ मा रहेको कमलादेवी माध्यामिक विद्यालय, वडा नं. १० मा रहेको रत्नज्योति मावि र वडा ९ मा रहेको कालिका माविलाई खेलकुदका सामाग्री हस्तान्तरण गरिएको हो । विद्यालयलाई फुटबल खेलका ट्रेनिङ विप्स ३० वटा, ग्राउण्ड मार्कर ६० वटा, कोन २५ थान, छ थान फुटबल र ३० थान जर्सी हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत एंव शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख समीर जोशी, विद्यालयका प्रधानाध्यापक बालचन्द्र मल्ललगायत शिक्षकहरुको उपस्थिति रहेको थियो ।




