हवाई आक्रमणबाट ४० भन्दा बढीको मृत्यु

लोकप्रिय

वड मदानी। सुडानको राजधानी खार्तूमको दक्षिणमा आइतबार भएको हवाई आक्रमणमा परी कम्तीमा ४० जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका स्थानीय अधिकारकर्मीले बताएका छन् ।

सेना प्रमुख अब्देल फतह अल बुरहान र अर्धसैनिक ‘¥्यापिड सपोर्ट फोर्सेज’को कमाण्ड सम्हाल्ने उहाँका पूर्व डेपुटी मोहमद हमदान डग्लोबीच गत अप्रिलमा भएको युद्धमा आइतबार बिहान गरिएको आक्रमण सबैभन्दा घातक आक्रमण हो ।

“स्थानीय समयअनुसार बिहान ७ः१५ बजे सैन्य विमानले कोउरो बजार क्षेत्रमा बमबारी गरेको थियो,” स्थानीय प्रतिरोध समितिले भनेको छ ।

समितिले ३० जनाको मृत्यु भएको अघिल्लो सङ्ख्यालाई पुनरावलोकन गर्दै क्वोरो बजार नरसंहारका पीडितहरूको सङ्ख्या दिउँसोसम्म ४० पुगेको पुष्टि गरेको छ ।

समितिले नजिकैको बशैर अस्पतालमा हताहत हुनेको सङ्ख्या बढ्दै गएकाले मृत्यु सङ्ख्या थप बढ्ने अनुमान गरिएको छ ।

अस्पतालले त्यस क्षेत्रका सबै स्वास्थ्यकर्मीलाई ‘तत्काल अपिल’ जारी गर्दै ‘घाइतेको बढ्दो सङ्ख्या’को उपचारमा सहयोग गर्न आग्रह गरेको छ ।
सशस्त्र द्वन्द्व स्थान र घटना तथ्याङ्क परियोजनाको एक अनुमानअनुसार अप्रिल १५ मा सुरु भएको युद्धमा करिब सात हजार ५०० व्यक्तिको मृत्यु भएको छ । घाइते र मारिएका मध्ये धेरै अस्पतालमा पुग्न नसकेको भन्दै मृत्यु हुने व्यक्तिको वास्तविक सङ्ख्या अझै धेरै रहेको अनुमान गरिएको छ ।

धेरै क्षेत्रहरूमा सहज आवतजावत (पहुँच) पूर्ण रूपमा विच्छेद भएको छ र युद्धरत पक्षहरूले आफ्नो क्षतिको घोषणा गरेका छैनन् ।

युद्ध शुरू भएको झण्डै पाँच महिना बितिसक्दा पनि कुनै पनि पक्षले निर्णायक फाइदा लिन सकेका छैनन् ।सिन्ह्वा

ताजा समाचार

Related Articles