न्याय प्राप्त गर्ने नागरिकको अक्षुण हक मर्न दिँदैनौँ

लोकप्रिय

काठमाडौं, असोज २३ गते । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्याय प्राप्त गर्ने नागरिकको अक्षुण हक मर्न नदिने बताउनुभएको छ । सर्वोच्च अदालतमा आज नेपाल बार एसोसिएसनका अध्यक्षसहित पदाधिकारीहरू, सर्वोच्च बार एसोसिएसनका अध्यक्ष तथा सचिव, महान्यायाधिवक्ता सविता भण्डारी बराल, नायब महान्यायाधिक्ताहरु, उपत्यका बार एसोसिएसनका अध्यक्ष तथा सचिवहरूसँग छलफल गर्दै प्रधानन्यायाधीश राउतले सो कुरा बताउनुभएको हो ।

“शीघ्र सेवा सञ्चालन गर्छौँ”, प्रधानन्यायाधीश राउतले भन्नुभयो, “सर्वोच्च अदालतको सूचना प्रविधिको ‘रिकभर’ हुने बित्तिकै सर्वोच्च अदालत पूर्ण रूपमा सञ्चालन हुन्छ ।” सूचना प्रविधिको शाखाले दिनरात काम गरिरहेको उहाँले जानकारी दिनुभयो । प्रधानन्यायाधीश राउतले  सर्वोच्च अदालतको पूर्ण बैठक राखेर छलफल गरी थप धारणा सार्वजनिक गर्ने बताउनुभयो ।

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा गरिएको आगजनीमा सर्वोच्च अदालत, जिल्ला अदालत काठमाडौँ र उच्च अदालत तुलसीपुरमा ठुलो क्षति पुगेको  थियो । हाल सर्वोच्च अदालतसहित देशभरका सबै अदालतमा अति आवश्यक सेवा सञ्चालन भइरहेका छन् ।

ताजा समाचार

Related Articles