मधेश प्रदेशका मुख्यमन्त्रीको राजीनामा स्वीकृत

लोकप्रिय

जनकपुरधाम, असोज २८ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले पेश गर्नुभएको राजीनामा मधेश प्रदेशका प्रमुख सुमित्रा सुवेदी भण्डारीले स्वीकृत गर्नुभएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सिंहले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) अनुसार मुख्यमन्त्री पदबाट राजीनामा दिनु भएपछि प्रदेश प्रमुखले आजै स्वीकृत गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

साथै नेपालको संविधानको धारा १६९ को उपधारा (३) बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि मौजुदा मन्त्रीपरिषद्लाई प्रदेशको मन्त्रीपरिषद्को कार्यभार सञ्चालनका लागि तोकिएको उक्त विज्ञप्तिमा उल्लेख रहेको छ ।

यस अघि आजै प्रदेश सभाको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत दिने कार्यसूची भए पनि मुख्यमन्त्रीले विश्वासको मत पाउने अवस्था नदेखेपछि रोष्टमबाट नै सरकार निर्माणका लागि मार्ग प्रशस्त गर्न मुख्यमन्त्रीबाट राजीनामाको घोषणा गर्नुभएको थियो । मधेश प्रदेशका मुख्यमन्त्री सिंह २०८१ ज्येष्ठ २५ गते मधेश प्रदेशका तेस्रो मुख्यमन्त्रीको रुपमा नियुक्त हुनुभएको थियो ।

ताजा समाचार

Related Articles