मधेश प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान

लोकप्रिय

जनकपुरधाम, असोज २८ गते । मधेश प्रदेशका प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्री सतिश कुमार सिंहले पदबाट दिनुभएको राजीनामा स्वीकृत गरि नयाँ मुख्यमन्त्रीका लागि दाबी पेश गर्नका लागि आह्वान गर्नुभएको छ ।

प्रदेश प्रमुख भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई भोली ४ बजेसम्ममा मधेश प्रदेशका मुख्यमन्त्री दलका लागि दाबी पेश गर्नका लागि आह्वान गर्नुभएको हो ।

मधेश प्रदेश सभामा रहेका तीन दलले विना प्रक्रिया नै प्रदेश प्रमुखको कार्यालयमा दाबी पेश गर्नुभएको थियो । नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्ण प्रसाद यादवलाई मुख्यमन्त्री बनाउने गरि नेकपा एमाले, नेपाली काँग्रेस तथा जनमत पार्टीका संसदीय दलका नेताले हस्ताक्षर गरेर दाबी पेश गर्नुभएको थियो । यी तीन दलका बीचमा विभाजन नभएको खण्डमा बहुमत हुने अवस्था भए पनि जनमत पार्टी विभाजन भएको खण्डमा बहुमत हुने अवस्था नभएकाले अन्य दलहरुबीच गठबन्धनको सम्भावना पनि रहेको छ ।

ताजा समाचार

Related Articles