खासकुरा संवाददाता
हेटौँडा, कात्तिक ४ गते । मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका ४ थाहाचोकस्थित पदम खाजा घर पछाडि रहेको टहरामा जुवातास खेलाई रहेको अवस्थामा पाँच जनालाई नियन्त्रणमा लिएको छ ।
सोमबार साँझ प्रहरी टोलीले उक्त स्थानमा हारजित हुनेगरी जुवातास र कौडा खेलिरहेको अवस्थामा ४७ हजार ७९० रुपियाँ, कौडा १६ वटा र छ बुक ताससहित छ जनालाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।

प्रहरीले होटल संचालक मकवानपुरको बागमती गाउँपालिका १ घर भई हाल हेटौँडा ४ बस्ने वर्ष ४० को पदमबहादुर भोलन, बागमती गाउँपालिका १ का ३४ वर्षीय समिर योन्जन, कैलास गाउँपालिका १० का ४० वर्षीय हिरा लामा तितुङ, हेटौँडा ११ का ३० वर्षीय मिलन तामाङ र निजगढ नगरपालिका ५ का ४५ वर्षीय रोम प्रसाद चौलागाईँलाई नियन्त्रणमा लिएको हो ।




