साहित्यकार राजेन्द्र पराजुलीको निधन

लोकप्रिय

काठमाडौँ, भदौ २६ गते ।

साहित्यकार राजेन्द्र पराजुलीको निधन भएको छ। पराजुलीको उपचारका क्रममा मंगलबार बिहान ललितपुरको ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा निधन भएको हो ।

अस्पतालका अनुसार पराजुलीको निमोनियाका कारण निधन भएको हो। साहित्यकार पराजुलीका दर्जनौं कथा तथा कृतिहरू प्रकाशित छन्।

पराजुलीका अघोरीु, शुक्रराज शास्त्रीको चस्मा, जन्तमन्तरु, कोटेश्वरको केटोलगायत कृति प्रकाशित छन्। उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।

उहाँको श्रीमती , एक छोरा र एक छोरी हुनुहुन्छ।

ताजा समाचार

Related Articles