मेयर कपको उपाधि हेटौँडा–७ लाई

लोकप्रिय

हेटौँडा, असार १३ गते । हेटौँडा उपमहानगरपालिका–७ ले छैटौं मेयर कप फुटबल प्रतियोगिता–२०८३ को उपाधि हात पारेको छ ।
शनिबार हेटौँडा–१३ स्थित पदमपोखरी रंगशालामा भएको फाइनलमा हेटौंडा–१४ लाई २–० गोलअन्तरले पराजित गर्दै हेटौंडा–७ लगातार दोस्रो पटक च्याम्पियन बनेको हो ।
प्रतिस्पर्धात्मक खेलको ३२औँ मिनेटमा सुशान्त दोङले गोल गर्दै हेटौंडा–७ लाई अग्रता दिलाउनुभयो । त्यसपछि ६४औँ मिनेटमा जीवन लामाले अर्को गोल थपेपछि हेटौंडा–७ ले सहज जित निकाल्दै उपाधि सुरक्षित ग¥यो ।
हेटौँडा–१३ को आयोजनामा असार ५ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको विजेता हेटौँडा–७ ले ट्रफीसहित दुई लाख रुपियाँ नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता हेटौँडा–१४ ले १ लाख रुपियाँ पाएको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी हेटौँडा–७ का सुजन लामा घोषित हुँदै २५ हजार रुपियाँ नगद पुरस्कारबाट सम्मानित हुनुभयो ।
यस्तै, उत्कृष्ट गोलरक्षकमा हेटौँडा–७ का विजय खड्का, उत्कृष्ट डिफेन्डरमा सुजल श्रेष्ठ (हेटौंडा–७), उत्कृष्ट मिडफिल्डरमा सुनिल गोल (हेटौंडा–७), उत्कृष्ट फरवार्डमा अनुप राना (हेटौँडा–१४) तथा उत्कृष्ट प्रशिक्षकमा नैतिक थापा (हेटौँडा–७) घोषित हुँदै जनही १० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नुभयो ।
अनुशासित खेलाडीको पुरस्कार हेटौँडा–७ का राजु लामा र हेटौँडा–१४ का प्रितम गोङ्बाले हात पार्दै जनही २५ हजार रुपियाँ प्राप्त गर्नुभयो ।

ताजा समाचार

Related Articles