हर्नामाडीमा निःशुल्क स्वास्थ्य शिविर

लोकप्रिय

हेटौँडा, असार १३ गते । टोल विकास संस्था नगर समन्वय समिति, हेटौँडा उपमहानगरपालिकाको २६औँ स्थापना दिवसको अवसरमा आयोजित निःशुल्क वृहत् स्वास्थ्य शिविर हेटौँडा १८ स्थित ज्योति माध्यमिक विद्यालय, हर्नामाडीमा भएको छ ।
टोल विकास संस्था नगर समन्वय समितिको आयोजना, हेटौँडा उपमहानगरपालिका वडा नं. १८ को सहयोग, सामुदायिक प्रहरी सेवा केन्द्रको सहआयोजना, मकवानपुर सहकारी अस्पतालको प्राविधिक सहयोग तथा टोल विकास संस्था वडा समन्वय समिति वडा नं. १८ को व्यवस्थापनमा शनिबार भएको उक्त शिविरबाट ४३८ जना लाभान्वित भएका छन् ।
नगर समन्वय समिति, हेटौँडा उपमहानगरपालिकाका अध्यक्ष ध्रुवप्रसाद अधिकारीको अध्यक्षता तथा वडा नं. १८ का वडाध्यक्ष अनिल बानियाँको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मकवानपुर सहकारी अस्पतालका अध्यक्ष नरोत्तम दाहाल, वडा सदस्य योगराज खतिवडा, अस्पतालका व्यवस्थापक अर्जुन भट्टराई, ज्योति मावि व्यवस्थापन समितिका अध्यक्ष हर्क रम्तेलगायतको सहभागिता रहेको थियो।

शिविरमा वरिष्ठ मुटु तथा नसा रोग विशेषज्ञ डा. सुन्दरकुमार श्रेष्ठ, वरिष्ठ मुटु रोग विशेषज्ञ डा. मनोज श्रेष्ठ, युरो सर्जन डा. मोहम्मद कौसर, नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. पारसराज अमात्य, जनरल फिजिसियन डा. विजय साह कानु,सर्जन विशेषज्ञ डा. रामविद्या चौधरी, जनरल फिजिसियन डा. उदित आचार्य तथा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रूकैया प्रविणलगायतका विशेषज्ञ चिकित्सकहरूले सेवा प्रदान गर्नुभएको थियो।
कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष अनिल बानियाँले स्वास्थ्य केन्द्रित कार्यक्रमहरूले समुदायमा स्वास्थ्य चेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । कार्यक्रमका टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष अधिकारीले स्वास्थ्य नै जीवनको सबैभन्दा ठूलो सम्पत्ति भएकाले प्रत्येक नागरिक स्वास्थ्यप्रति सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

ताजा समाचार

Related Articles