थाहाकी बालिका मृत्यु प्रकरणमा स्वास्थ्यमन्त्रीलाई कांग्रेसको ज्ञापनपत्र

लोकप्रिय

काठमाडौँ, भदौ २६ गते ।
नेपाली कांग्रेस थाहा नगर समितिले कान्तिबाल अस्पतालमा थाहा नगरपालिका १० की बालिकाको अस्पतालको लापरबाहीबाट मृत्यु भएपछि घटनाको सम्बन्धमा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई ज्ञापनपत्र बुझाएको छ ।
कांग्रेस थाहा नगर समितिले बालिकाको मृत्युको घटना सम्बन्धमा छानबिन र पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्दै मन्त्री बस्नेतलाई ज्ञापनपत्र बुझाएको हो ।
थाहा नगरपालिका–१० घर भई मकवानपुरकी काठमाडौँको बाफल बस्ने पाँच वर्षीया रेजिशा गोपालीलाई उच्च ज्वरो आएपछि आमा रीता गोपाली र हजुरबुवा कृष्णबहादुर गोपालीले भदौ १८ गते साँझ ५ बजे उपचारका लागि कान्ति बाल अस्पतालको आकस्मिक कक्षमा पु¥याउनु भएको थियो । अस्पताल पु¥याएपछि दुई घण्टासम्म कुर्दा पनि आकस्मिक उपचार नपाएपछि सोही दिन साँझ ७ बजे रेजिशाको मृत्यु भएको थियो ।
नेपाली कांग्रेस थाहा नगर सभापति प्रमोद कृष्ण जोशीले घटनाको वास्तविकता छानबिन गरी दोषीमाथि कारबाहीको माग र पीडितका परिवारलाई क्षतिपूर्तिको माग राख्दै स्वास्थ्यमन्त्री बस्नेतसमक्ष ज्ञापनपत्र बुझाएको जानकारी दिनुभयो । कांग्रेस नगर सभापति जोशीले आकस्मिक सेवाका लागि लगेका बिरामीको पहिचान नगरी ओपिडीमा जस्तै लाइनमा नै बस्नु पर्ने प्रशासनको गैरजिम्मेवारीपूर्ण नियमका कारण बालिकाले समयमा उपचार नपाएको परिवारको गुनासो रहेको उहाँले बताउनुभयो ।
ज्ञापनपत्र बुझ्दै मन्त्री बस्नेतले कान्ति बाल अस्पतालमा भएको बालिका मृत्यु प्रकरणमा दोषी देखिएकालाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
कांग्रेस थाहा नगर सभापति जोशीले भन्नुभयो, मन्त्री बस्नेतले घटनाको छानबिन गरी दोषी चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई कडा कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
मन्त्रालयले कान्ति बाल अस्पतालको घटनाका विषयमा छानबिन गर्न मन्त्रालयका सचिव डा. रोशन पोखरेललाई मन्त्री बस्नेतले निर्देशन दिएसँगै छानबिन समितिसमेत बनाएको छ ।
ज्ञापनपत्र बुझाउन कांग्रेस नगर सभापति जोशीको नेतृत्वमा भरत लामा, रामकृष्ण गमाल, विक्रम गोपाली, कुलचन्द्र अर्याल, श्रीकृष्ण केसीलगायतका कांग्रेस नेता तथा कार्यकर्ताहरु पुग्नुभएको थियो ।

ताजा समाचार

Related Articles