मकवानपुरगढीमा बाघ आतङ्क : दुई वटा बाख्रा खायो

लोकप्रिय

मकवानपुर, कात्तिक २२ गते । मकवानपुरको मकगानपुगढी गाउँपालिका क्षेत्रमा केही दिनयता बाघ आतङ्क फैलिएको छ । मकवानपुरगढी गाउँपालिका ५ स्थित नयाँ गाउँमा दुई वटा बाख्रा बाघले खाएको छ ।

स्थानीय तखतबहादुर लुङ्वाको घर नजिकै रहेको बड्किचौर जङ्गलमा चर्ने क्रममा शुक्रबार दिउँसो दुई वटा बाख्रा बाघले मारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो । अस्थायी प्रहरी पोष्ट धादिङ मकवानपुरबाट गएका प्रहरी टोलीले घटनास्थल हेर्दा बाघले मारेको/खाएको देखिएकोले वनको कर्मचारीसँग समन्वय गरी मुचुल्का कार्य गरिएको छ ।

यस्तै, मकवानपुरगढी गाउँपालिका वडा नं. ५ को माथिल्लो भेग सोलिथुम, नयाँगाउँ, लिङ्गेडाँडा र खैरेनीमा पनि यसअघि बाघ देखा परेको स्थानीयले बताएका छन् । केही दिनको फरकमा बाघले पाँच वटा बोकाबाख्राको मारेपछि स्थानीय त्रसित भएका थिए ।

ताजा समाचार

Related Articles