रोल्पा अस्पताल हस्तान्तरण

लोकप्रिय

रोल्पा, भदौ २७ गते ।

रोल्पा अस्पताललाई स्तरबृद्धी गरेर ५० शैयामा रूपान्तरण गरिएको छ ।

लुम्बिनी प्रदेशस्तरको आधुनिक सुविधा सम्पन्न नयाँ अस्पताल भवन निर्माण सम्पन्न भएको ३ महीना पछि ९अस्पताललाई० आज बुधवार हस्तान्तरण गरिएको छ ।

रोल्पा नगरपालिकाको वडा नम्बर २ स्थित रेउघामा निर्माण सम्पन्न भएको अस्पताललाई एक कार्यक्रमका बीच संघन सहरी तथा भवन निर्माण आयोजना दाङका प्रमुख खड्क बहादुर चौधरीले रोल्पा अस्पताल बिकास समितिका अध्यक्ष फविन्द्र आचार्यलाई हस्तान्तरण गर्नुभयो ।

अस्पतालका मेसु लोकरत्ना ज्ञवाली,इन्जिनियर ईश्वरी प्रसाद देवकोटा र चन्द्र बहादुर घर्तीमगरको रोहबरमा अस्पताल हस्तान्तरण गरिएको हो ।

३५ करोड ६ लाख लागतमा बनेको अस्पतालको मुख्य भवनमा १,२,३ र ४ वटा ब्लकसहित स्टाफ क्वाटर,मोर्टवरी ,सिएस एसडी, क्यान्टिन ब्लक र गार्ड , जेनेरेटर हाउस रहेका छन् ।

५० शैयाको अस्पतालमा विभिन्न रोगका ११ जना विशेषज्ञ डाक्टरसहित ५९ जना स्वास्थ्यकर्मीको दरबन्दी छ । अस्पतालमा दरबन्दी अनुसारका चिकित्सकहरूको भने अझै अभाव छ ।

ताजा समाचार

Related Articles