बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, कात्तिक २३ गते । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नं. ९ स्थित माष्टरचोक सडक खण्डमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्युभएको छ ।
गएराति २३ः०० बजेको समयमा माष्टरचोक स्थित पूर्व पश्चिम सडक खण्डमा जनकपुरबाट काठमाडौँ जानको लागि आउँदै गरेको बा.प्र.०३–००१ ख २६५६ नं.को यात्रुबाहक बसले ठक्कर दिँदा पैदलयात्रुको मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीका अनुसार घटनास्थलमा फेला परेको मोबाईलको सिमलाई अर्को मोबाईलमा सिम हालेर सम्पर्क गर्दा मृतक रुपन्देही जिल्ला देबदह नगरपालिका ८ बस्ने वर्ष ३७ को राम बबहादुर बोहरा भन्ने खुल्न आएको छ ।
बसले ठक्कर दिएपछि प्रहरी टोलीले घाइतेलाई अचेत अवस्थामा उद्धार गरी उपचारको लागी हेटौँडा अस्पताल मकवानपुर पठाईएकोमा शनिबार राति २३ः३० बजेको समयमा हेटौँडा अस्पताल मकवानपुरमा पुग्ने बित्तिकै डाक्टरले मृत्यु घोषणा गरेका थिए ।

बस र बस चालक महोत्तरी जिल्ला रामगोपालपुर नगरपालिका ६ बस्ने वर्ष ३३ का सुजय कुमार सिंहलाई प्रहरीले पक्राउ गरेको छ । यात्रुहरुलाई अर्को बसमा गन्तव्यतर्फ पठाईएको प्रहरीको भनाई छ ।

यसैबीच मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ भालटार स्थित कुलेखानी सिस्नेरी दक्षिणकाली सडक खण्डमा आइतबार बिहान ट्रक दुर्घटना भएको छ ।
काठमाडौँबाट हेटौँडातर्फ आउदै गरेको म.प्र.०३–००२ ख ४१६७ नं.को खाली ट्रकको ब्रेक फेल भई सडकबाट करिब २० फिट तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ताजा समाचार

Related Articles