काठमाडौँ, कात्तिक २३ गते । सञ्चार तथा सूचना प्रबिधिमन्त्री जगदिश खरेलले रेडियो नेपाल र नेपाल टेलिभिजनको नेपालको प्रसारणको क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको बताउनु भएको छ ।

सार्वजनिक सेवा प्रसारण नेपालको प्रथम वार्षिकोत्सवको अवसरमा शुभकामना मन्तव्य दिँदै मन्त्री खरेलले मिडियाहरू सामु चुनौती रहेको बेला पिएसबीले आफूलाई कसरी खरो रुपमा उतार्छ भन्ने प्रश्न प्रमुख भएको बताउनुभयो ।

उहाँले पिएसबीले दिने विषय सामग्री/कन्टेन्ट महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले प्रस्तुती र पहुँचमा समेत पिएसबीले आफ्नो प्रभावकारिता देखाउनुपर्ने बताउनुभयो ।