हेटौँडा, कात्तिक २५ गते । नेकपा ९एमाले० ले मकवानपुरले जिल्लाका १० वटै स्थानीय तहमा जनप्रदर्शन कार्यक्रमको आयोजना गरेको छ । “राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षा गरौँ, षडयन्त्र र अराजकताविरुद्ध एकजुट बनौँ” नारासाथ मकवानपुर जिल्लास्थित पालिकाका विभिन्न स्थानमा जनप्रदर्शन गरिएको नेकपा ९एमाले० मकवानपुरले जनाएको छ ।
जनप्रदर्शनका क्रममा भएको कार्यक्रमहरुमा एमालेका नेताहरुले संविधान र लोकतन्त्रको रक्षा गर्नु अहिलेको मुख्य आवश्यकता रहेको बताउनुभयो ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको घुसपैठका कारण देशमा अराजकता मच्चाउने कार्य भएको, नेपालको ऐतिहासिक धरोहर सिंहदरबार जलाइएको भन्दै संसद् पुनर्स्थापना हुनुपर्नेमा जोड दिनुभएको थियो ।

साथै जेनजी आन्दोलनका नाममा सार्वजनिक सम्पत्ति जलाउने, निजी सम्पत्ति जलाउनेहरूमाथि कडा कारबाही गरिनुपर्ने माग एमाले नेताहरुले कार्यक्रममा गर्नुभएको थियो ।




