मधेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहण

लोकप्रिय

जनकपुरधाम, कात्तिक २५ गते । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले सात दलका नेता तथा कार्यकर्ताको विरोधका बीचमा आज साँझ मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पुगेर पदभार ग्रहण गर्नु भएको छ ।  मुख्यमन्त्रीले दुई वटा निर्णय गर्नु भएको छ ।

मुख्यमन्त्री यादवले मधेशभरि शान्ति सुरक्षाको अवस्थामा सुधार गर्दै सुदृढ बनाउनुका साथै मधेश आन्दोलनको क्रममा शहादत दिएका सबै शहीदहरूलाई मधेश रत्नले मरणोपरान्त सम्मानित गर्ने निर्णय गर्नु भएको निमित्त सचिव कवाडीले जानकारी दिनु भयो ।

मुख्यमन्त्री पदभार ग्रहण गरी रहँदा मधेश भवन बाहिर मधेशवादीसहित सात दलका नेता कार्यकर्ताले प्रदर्शन गरेका थिए । सो क्रममा प्रहरी र प्रदर्शनकारीबिचमा झडप समेत भएको थियो । स्थितिलाई नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज गरेको थियो ।

ताजा समाचार

Related Articles