नातिकाजी साँझ सम्पन्न

लोकप्रिय

काठमाडौँ, भदौ २७ गते ।

नेपाली आधुनिक सङ्गीतको मौलिक धारलाई पुस्तान्तरण गर्ने उद्देश्यसहित नातिकाजी सङ्गीत श्रवण साँझ–२०८० सम्पन्न भएको छ ।

काठमाडौं महानगरपालिकाको प्रस्तुति तथा नातिकाजी स्मृति समाज र सांस्कृतिक संस्थानद्वारा संयुक्त रुपमा आयोजित साङ्गीतिक साँझमा नातिकाजीका २० वटा कालजयी सङ्गीत प्रस्तुत गरिएको थियो । सङ्गीतमा नेपाली लोकभाका, लय र मौलिक शैली छाड्न सफल सङ्गीतकार नातिकाजीका भजन, लोक, राष्ट्रिय, चलचित्र तथा आधुनिकगीत गीत प्रस्तुत गरिएको थियो ।

कार्यव्रmममा नातिकाजीका यो नेपाली शिर उचाली, नेपाली हामी रहौँला कहाँ, काली पारी दाइ कति राम्रो, पहाड बसी वनमा खेली, पूmलको थुङ्गा बगेर गयो, वनमा फुल्यो पूmलै फुल, कस्तुरीको बास आउँछ भन्छन्, पर लैजाउ पूmलहरु, सपना भुलाई सारा, आजै र राती, उकाली आरोलाीहरुमा, यस्तो पनि हुँदोरैछ, मर्न बरु गाह्रो हुन्न, तिमी आउँछौ भन्ने आसैआसमा, तिमीले त होइन, रानी तलाउजस्ता हृयदस्पर्शी गायन लाइभ म्युजिकसाथ प्रस्तुत गरिएको थियो ।

नेपाली सङ्गीतको अगुवा पुस्तालाई पछ्याउँदै आएका आनन्द कार्की, रामकृष्ण ढकाल, देविका बन्दाना, शिव परियार, सुरेश लामा, माण्डवी त्रिपाठी, प्राश्ना शाक्य, निशा देशार, रचना रिमाल, विकास राणा, वेनिसा पौडेल, स्मिता दाहाल, सञ्जय तुमरुक, अन्नु चौधरी, मञ्जु थापा, पुजा देवकोटा, सुप्रिय मल्ल, मेचु धिमाल, धर्म मुनिकारले गायन प्रस्तुत गर्नुभएको थियो ।

सांस्कृतिक संस्थानको प्रेक्षालयमा मङ्गलबार साँझ आयोजित कार्यव्रmमको नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो । नेपाली सङ्गीतमा पुस्ता हस्तान्तरणको एउटा कडीका रुपमा सो कार्यव्रmम आयोजना गरिएको समाजका अध्यक्ष शम्भूजित बासकोटाले बताउनुभयो ।

ताजा समाचार

Related Articles