मोटरसाइकल दुर्घटनामा दुई युवकको मृत्यु

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, कात्तिक ३० गते । मकवानपुरको भीमफेदी गाउँपालिका १ स्थित बुङ्दलमा मोटरसाइकल दुर्घटनामा दुई जना युवकको मृत्युभएको छ ।
भीमफेदी गापा १ बुङ्दलस्थित भित्री सडकखण्डको बुङ्दल खोलाको पुलबाट करिब ५० फिट तल बा.प्र. ०३–००५ प ७९८० नम्बरको मोटरसाईकल खोलामा खसेर दुर्घटना हुँदा दुई जनाको मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौँडा उपमहानगरपालिका २ चौकीटोलका ३९ वर्षीय वीरबहादुर गुरुङ र मोटरसाइकल पछाडि सवार पुर्वी नवलपरासी जिल्ला कावासोती नगरपालिका १३ घर भई हाल हेटौँडा २ चौकीटोलमा डेरा गरी बस्ने वर्ष ३५ का चन्द्रबहादुर गुरुङ रहेका छन् ।

दुर्घटनास्थलको प्रकृति हेर्दा दुर्घटना रातको समयमा भएको हुन सक्ने र मोटरसाइकल सुपारेटार ब्यारेक तर्फबाट सामरी धादिङतर्फ जाँदै गरेको जस्तो देखिएको प्रहरीको भनाई छ ।
दुई जना पुरुष व्यक्तिको घटनास्थलमा मृत्यु भएको भन्ने जानकारी स्थानीय मार्फत प्राप्त भएपछि प्रहरी आइतबार बिहान ७ः०० बजे घटनास्थलमा पुगेको थियो ।
शव परीक्षणका लागि हेटौँडा अस्पताल पठाइएको र घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

Related Articles