खासकुरा संवाददाता
हेटौँडा, मंसिर २ गते । मकवानपुर प्रहरीले अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन् तथा ओसार पसार गर्ने तीन वटा टिप्पर नियन्त्रणमा लिएको छ ।
वडा प्रहरी कार्यालय, हेटौँडाबाट खटिएको प्रहरी टोलीले मङ्गलबार हेटौँडा उपमहानगरपालिका वडा नं. ५ क्याम्पाडाँडाबाट अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन् तथा ओसार पसार गर्ने दुई वटा टिप्पर नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएका टिप्परमा प्रदेश २–०३–००१ ख ३९४४, मदेस प्रदेश २–०३–००१ क २५६५ र ना. ८ ख. ४२०४ नं.को रहेको छ । तीन वटै टिप्परलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी हेटौँडा उप–महानगरपालिकाको कार्यालयमा पठाई १८ हजार रुपियाँ जरिवाना गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।




