नेकपाको कार्यालय स्थापना

लोकप्रिय

हेटौँडा, मंसिर ९ गते । नवगठित नेपाली कम्युनिष्ट पार्टी मकवानपुरको कार्यालय स्थापना गरिएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ स्थित गर्दोइमा नेकपाको पार्टी कार्यालयको सोमबार पार्टीका नेताहरू प्रेमबहादुर पुलामी, मुनु सिग्देल, विजय गौतम, यादव गजुरेललगायतले उद्घाटन गर्नुभएको हो ।

रेका हुन् । तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतका दलहरुबिचको एकीकरणपछि बनेको नेपाली कम्युनिष्ट पार्टी मकवानपुरको पार्टी कार्यालय हेटौँडा ५ गर्दोइस्थित साविक नेकपा माओवादी केन्द्रको भवनलाइनै तोकिएको छ । पार्टी कार्यालय उद्घाटन कार्यक्रममा भीम पाख्रिन , धु्रव भुजेल, वीरबहादुर घलान, शुभरत्न गोले, सागर उप्रेती, रामेस राई, किशोर टण्डनलगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

ताजा समाचार

Related Articles