कैलाशमा एकीकृत पाठ्यक्रमसम्बन्धी तालिम सम्पन्न

लोकप्रिय

हेटौँडा, मंसिर ९ गते । मकवानपुरको कैलाश गाउँपालिकाका कक्षा १ देखि ३ कक्षामा अध्यापन गराउने शिक्षकलाई लक्षित गरी आयोजना गरिएको एकीकृत पाठ्यक्रम सम्बन्धी कस्टमाइज्ड तालिम सम्पन्नभएको छ । पाँच दिन सम्म सञ्चालन भएको तालिम शुक्रबारबाट सुरु भएको थियो ।
कैलाश ९ मा रहेको कालिका माविमा सञ्चालित पाँच दिने तालिम शुक्रबार वडा ९ का वडाध्यक्ष भूवन सिंह घलानको अध्यक्षता सम्पन्न भएको हो ।

तालिमको समापनमा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले तालिममा सहभागी शिक्षकलाई प्रमाणपत्र प्रदान गर्दै तालिमबाट सिकेका सीप र ज्ञानलाई विद्यालय र विद्यार्थी समक्ष पु¥याउन सुझाउनुभयो ।
उहाँले शिक्षकहरुमा पनि समय समयमा ज्ञान सीप प्रदान गरे शिक्षामा सुधार हुने भन्दै शिक्षकले सिकेका सीप र ज्ञान कार्यान्वयन गरेमा मात्र विद्यार्थी र शिक्षकहरुको व्यवहारमा सुधार आउने बताउनुभयो ।
अध्यक्ष मुक्तानले कानून र अधिकार बाझिएकाले शिक्षा नीति र ऐनमा केही समस्याहरु रहेकोले विस्तारै समाधान गर्दै जानुपर्ने बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख समिर जोशीले तालिम पश्चात विद्यालयमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।
तालिम पश्चात् शिक्षक अनिल धमला र धनकुमारी जोशीले तालिमको अनुभव र सिकेको सीप उपलब्धीमूलक रहेकोले कार्यान्वयन गरिने प्रतिवद्धता जनाउनुभयो ।
तालिममा गाउँपालिकाका छ वटा मावि, चार वटा निमावि र ३३ वटा प्रावि तहका शिक्षकहरुको सहभागिता रहेको सहायक विद्यालय निरीक्षक दीपेन्द्र अधिकारीले जानकारी दिनुभयो । तालिममा सविता अधिकारी, विवसजङ्ग थापा र सरस्वती अधिकारीले एकीकृत पाठ्यक्रम सम्बन्धी सहजीकरण गर्नुभएको थियो ।
तालिममा कालिका माविका प्रअ रामप्रसाद कालाखेती, सहायक विद्यालय निरीक्षक दीपेन्द्र अधिकारी, स्रोत शिक्षक ध्रुवराज विष्ट लगायतको आतिथ्यता रहेको थियो ।

ताजा समाचार

Related Articles