राक्सिराङमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

लोकप्रिय

हेटौँडा, मंसिर ९ गते । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा मकवानपुरको राक्सिराङ गाउँपालिकाले सामूहिक प्रतिबद्धता व्यक्त गर्दै हस्ताक्षर अभियान कार्यक्रम सम्पन्न गरेको छ । “प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसाको अन्त्य गरौं” भन्ने मूल नाराका साथ अभियानको क्रममा मंगलबार सामुहिक प्रतिबद्धता तथा हस्ताक्षर कार्यक्रम गरिएको हो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष वनस्तम थिङ्ग, प्रमुख प्रशासकीय अधिकृत सन्देश मास्के, वरिष्ठ शाखा अधिकृत गोविन्द अधिकारी, चैनपुर प्रहरी चौकी प्रमुख दीपेन्द्र ढकाललगायतको सहभागिता रहेको थियो ।
हस्ताक्षर कार्यक्रममा सहभागीहरूले लैङ्गिक हिंसा अन्त्यका लागि सामाजिक, संस्थागत र प्रविधिजन्य स्तरमा जिम्मेवारीपूर्वक क्रियाशील हुने प्रतिबद्धता जनाएका थिए ।

ताजा समाचार

Related Articles