पैदलयात्रीको सिक्री लुट्ने दुई जना पक्राउ

लोकप्रिय

काठमाडौँ, मङ्सिर १२ गते। काठमाडौँमा विभिन्न स्थानमा धारिलो हतियार (चक्कु) समेत देखाइ लुटपाट गर्ने कार्यमा सङ्लग्न दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौँका सूचना अधिकारी प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार दिउँसो तथा रातिको समयमा लुटपाट कार्यमा सङ्लग्न २० वर्षीय अमृत तामाङ र २६ वर्षीय सागर घिसिङ पक्राउ परेका छन्।

उनीहरुले २०८२ मङ्सिर ११ गते काठमाडौँ महानगरपालिका–२६ स्थित सडकखण्डबाट लुटपाट कार्यमा प्रयोग गरिएको बा ६५ प २४१२ नम्बरको पल्सर मोटरसाइकलसहित नियन्त्रणमा लिइ सोधपुछ गर्दा निजहरुले चोरी गरेको धनमाल पशुपति प्रजापतिलाई बिक्री गरेको भनी बताएका छन्।

पक्राउ पर्नेमा तामाङ स्थायी घर उदयपुर, मुकुर्ची घर भइ काठमाडौँको बुढानिलकण्ठ बस्दै आएका थिए। यसैगरी, स्थायी घर रामेछाप फुलासी भएका घिसिङ र स्थायी घर सुनसरी, इनरुवा नगरपालिका–२ का प्रजापति बुढानिलकण्ठ बस्दै आएका थिए।

ताजा समाचार

Related Articles