मार्खुमा मङ्गलबारबाट वडाध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, मङ्सिर १५ गते । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ स्थित मार्खुमा मङ्गलबारबाट वडाध्यक्ष कप खेलकुद प्रतियोगिता २०८२ हुनेभएको छ ।
ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ को कार्यालयको आयोजना तथा १ नम्बर वडा खेलकुद विकास समितिको प्रायोजनमा हुने प्रतियोगिता यही मङ्सिर २९ गतेसम्म सञ्चालन हुने छ ।

ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष सुवास थापा मगरले प्रतियोगिता अवधिमा फुटबल, पुरुष भलिबल, महिला भलिबल, डोरी तान्ने र डुङ्गा कुँदाउनेलगायतका प्रतियोगिता हुने जानकारी दिनुभयो ।
उहाँले वडा नम्बर १ आसपासको क्षेत्रमा खेल पर्यटनको विकास गर्ने उद्देश्यसहित खेलकुद प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।

फुटबल प्रतियोगिताका विजेता टिमले ६० हजारसहित ट्रफि, मेडल, उपविजेताले ३० हजार र तेस्रो हुनेले १५ हजार, पुरुष भलिबल प्रतियोगितामा प्रथम हुनेले २५ हजारसहित ट्रफि, मेडल, उपविजेताले १५ हजार र तेस्रो हुने पाँच हजार तथा महिला भलिबल प्रतियोगितामा प्रथम हुनेले २५ हजारसहित ट्रफि, मेडल, उपविजेताले १५ हजार र तेस्रो हुने पाँच हजार रुपियाँ पुरस्कार तथा प्रमाण्पत्र पाउने छन् ।
यस्तै डोरी तान्ने खेलमा पुरुष र महिलातर्फ प्रथम र द्वितीय हुने समुहले क्रमशः २० हजार र १० हजार तथा डुङ्गा कुँदाउने खेलमा प्रथम हुनेले २० हजार र द्वितीय १० हजार रुपियाँ पुरस्कारसहित ट्रफि, मेडल प्रदान गरिने वडाध्यक्ष मगरले बताउनुभयो ।

ताजा समाचार

Related Articles