हेटौँडा, पुस ६ गते । नेपाली कांग्रेस मनहरी गाउँपालिका समितिले पार्टीबाट निर्वाचित जनप्रतिनिधि र वडा सभापतिहरुलाई सम्मान गरेको छ । शनिबार मनहरीमा एक कार्यकमकाबीच बागमती प्रदेशका मुख्यमन्त्री एवम् पार्टी बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाद्वारा सम्मान प्रदान गरिएको हो ।
कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश वर्ताैलाको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीको तर्फबाट मनहरी गाउँपालिका अध्यक्ष निर्वाचित रन्जन कालाखेतीसहित छ जना वडाध्यक्ष र नौ वटै वडाका पार्टी सभापतिलाई सम्मान गरिएको हो । कार्यक्रमकैबिच कांग्रेस मकवानपुरका सभापति बुद्ध लामालाईसमेत सम्मान गरिएको थियो । कार्यक्रममा पार्टीका पालिकास्तरीय नेता कार्यकर्ताको भेलाका साथै पार्टीको गतिविधिबारे समीक्षासमेत गरिएको थियो । पार्टीको आगामी महाधिवेशन सफल बनाउनेबारे पनि छलफल भएको थियो ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग १० जना कांग्रेसमा प्रवेश गरेका थिए । कांग्रेस बागमती प्रदेश सभापति प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार एवम् पार्टी मकवानपुर सभापति वुद्ध लामा, पार्टी बागमती प्रदेश सदस्य एवम् पूर्व भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा, पार्टी प्रदेश सदस्य जानकी लामा, जानुका लामा, चम्फुरत्न लामा, नवराज उप्रेती, प्रदीप कोइराला, पार्टी जिल्ला सचिव भीमसेन महत, ईश्वर पाठक, सहसचिव इन्दिरा न्यौपाने, मकवानपुर क्षेत्र नम्बर २ (ख) सभापति एवम् मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेती, महासमिति सदस्य प्रभात दाहाल, राजेश भेटवाल, भरत लामा, लोकाान्त्रिक आदिवासी जनजाति संघका अध्यक्ष पदम तितुङलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
यसैबीच मुख्यमन्त्री बानियाँले मनहरीमा अबस्थित मनकामना मन्दिर संरक्षण र पुनर्निर्माणका लागि मन्दिर ब्यवस्थापन समितिलाई व्यक्तिगत रुपमा नगद ७५ हजार रुपियाँ सहयोग गर्नुभयो ।




