बागमती प्रदेशका दुई प्रदेश सचिवको सरुवा

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, पुस ६ गते । बागमती प्रदेश सरकारका दुई जना सचिवको सरुवा भएको छ ।
सङ्घीय सरकारबाट कामकाजका लागि सरुवा भई आएर यस प्रदेशको विभिन्न मन्त्रालयमा प्रदेश सचिवको जिम्मेवारीमा रहेकाहरुको सरुवा भएको हो ।
नेपाल सरकार मन्त्रीपरिषद् बैठकले ६० जना सचिवको एकैपटक सरुवा गरेको सचिवको सूचीमा यस प्रदेशबाट सरुवा भएर जाने दुई जना सचिव र यस प्रदेशमा कामकाजका लागि आउने राजपत्राङ्कित प्रथम श्रेणीका तीन जना प्रदेश सचिव रहेका छन् ।

नेपाल वन सेवाका केदार बरालको वन तथा वातावरण मन्त्रालय वा अन्तर्गतका निकायमा र
नेपाल प्रशासन सेवाका वीरेन्द्रदेव भारतीको भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएको हो ।
बराल बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयको प्रदेश सचिव र भारती पछिल्लो समय प्रदेश नीति तथा योजना आयोगको सचिवको जिम्मेवारीमा रहनुभएको थियो ।

यस्तै तीन जनालाई प्रदेश सचिवमा कामकाजका लागि पठाउने सङ्घीय सरकारले निर्णय गरेको छ ।
नेपाल वन सेवाका नवराज पुडासैनीको सङ्घीय वन तथा वातावरण मन्त्रालयबाट, नेपाल प्रशासन सेवाका गीताकुमारी होमेगाईको नेपाल प्रशासन सेवा, लोकसेवा आयोग केन्द्रीय कार्यालयबाट र नेपाल प्रशासन सेवाका जीवलाल भुषालको कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय वा अन्तर्गत कामकाजका लागि सरुवा भएको छ ।

ताजा समाचार

Related Articles