खासकुरा संवाददाता
हेटौँडा, पुस ८ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को मकवानपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर १ कार्यसमितिले आगामी फागुन २१ गते हुने प्रत्यक्ष र समानुपातिकतर्फका प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरुको नामावली केन्द्रीय समितिमा सिफारिश गरेको छ ।

प्रतिनिधि सभा निर्वाचनमा मकवानपुर–१ बाट प्रत्यक्षतर्फ दीपकबहादुर सिंहको मात्र नाम सिफारिस भएको हो ।
सिंह २०७९ सालमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा मकवानपुर–१ बाट निर्वाचित हुनुभएको थियो ।
बैठकले समानुपातिकतर्फ उमेश थापा, नवराज थपलिया, अरुण लामा, मनोजकुमार मोक्तान, बालकृष्ण श्रेष्ठ, र शुक्रराज प्रजा, सरस्वतीकुमारी थिङ, मनिषा स्याङ्तान, हीराकुमारी भट्ट, हीरा चौरेल, सन्देश परियार र दिपु सुनारको नाम सिफारिस गरेको छ ।




