नवनियुक्त मुख्य न्यायाधिवक्ता बस्नेतद्वारा सपथ

लोकप्रिय

हेटौँडा, पुस ८ गते ।
बागमती प्रदेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता अप्सरा बस्नेतले पद तथा गोपनियताको सपथ लिनुभएको छ ।
बागमती प्रदेश प्रमुखको कार्यालय, हेटौँडामा मङ्गलबार बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको उपस्थितिमा भएको कार्यक्रममा पाटन उच्च अदालतका मुख्य न्यायाधीश लालबहादुर कुँवरले नवनियुक्त मुख्य न्यायधिवक्ता बस्नेतलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको हो ।

प्रदेश प्रमुखको उपस्थितिमा मुख्यन्याधिवक्तालाई उच्च अदालतका मुख्य न्यायाधीशले पद तथा गोपनियताको सपथग्रहण गराउने संविधानमा व्यवस्था रहेको छ ।
सपथग्रहण कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँ, प्रदेशका मन्त्रीहरुलगायतको उपस्थिति रहेको थियो । मुख्यमन्त्री बानियाँको सिफारिसमा बागमती प्रदेशका प्रदेश प्रमुख देवकोटाले बस्नेतलाई आइतबार मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नुभएको हो ।
हेटौँडा उपमहानगरपालिका ५ निवासी बस्नेत मकवानपुर जिल्ला बार एसोसियसनको निवर्तमान अध्यक्ष हुनुहुन्छ ।

ताजा समाचार

Related Articles