भुटनदेवी माविका शिक्षक र कर्मचारी सामाजिक सुरक्षा कार्यक्रममा आवद्ध

लोकप्रिय

हेटौँडा, पुस ९ गते । हेटौँडा उपमहानगरपालिका ४ स्थित भुटनदेवी माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) को निजी स्रोतका शिक्षक र कर्मचारीहरु सामाजिक सुरक्षा कोषमा आवद्ध भएका छन् ।
सामाजिक सुरक्षा कार्यक्रममा आवद्ध भएका निजी स्रोतका छ जना शिक्षक र सात जना कर्मचारी गरी १३ जनालाई बुधबार विद्यालयमा आयोजित कार्यक्रममा उक्त कोषमा आवद्धता भएपछि प्राप्त हुने परिचयपत्र वितरण गरिएको छ । विद्यालयले दुई शैक्षिक वर्ष सेवा अवधि पूरा भएका शिक्षक र कर्मचारीलाई सामाजिक सुरक्षा कार्यक्रममा आवद्ध गराउने व्यवस्था गरेको जनाएको छ । मकवानपुर जिल्लामा नै पहिलो पटक निजी स्रोतका शिक्षक र कर्मचारीलाई कार्यक्रममा आवद्ध गराइएको हो ।

विद्यालयमा शिक्षक र कर्मचारीलाई टिकाइ राख्न र आर्थिक रुपमा सुरक्षित भविष्यका लागि सामाजिक सुरक्षा कार्यक्रममा आवद्ध गराइएको विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद घिमिरेको भनाइ छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् हेटौँडा उपमहानगपालिका वडा नम्बर ४ का वडाध्यक्ष नवीन सिग्देलको अध्यक्षता तथा जिफण्टका केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठको प्रमुख आतिथ्यमा भएको परिचयपत्र वितरण कार्यक्रममा वडाध्यक्षहरु फुर्वा दार्जे लामा, सुनिल मोक्तानलगायतको आतिथ्य रहेको थियो ।

ताजा समाचार

Related Articles