प्रधानमन्त्री ‘प्रचण्ड’ अमेरिकामा

लोकप्रिय

काठमाडौँ, भदौ ३१ गते ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका पुग्नुभएको छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड अमेरिका पुग्नुभएको हो ।

प्रधानमन्त्री प्रचण्डलाई जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसंघको लागि नेपालको स्थायी प्रतिनिधि लोकबहादुर थापा लगायतले स्वागत गर्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री ‘प्रचण्ड’ हिजो अमेरिका जानुभएको थियो ।

ताजा समाचार

Related Articles