हेटौँडाको बालज्योति माविलाई अग्नि नियन्त्रक यन्त्र सहयोग

लोकप्रिय

हेटौँडा, पुस १४ गते । हेटौँडा उपमहानगरपालिका ५ पिप्लेस्थित बालज्योति माध्यामिक विद्यालयलाई अग्नि नियन्त्रक यन्त्र प्राप्त भएको छ ।
विद्यालयको २०५५ सालको एसएलसी ब्याचका विद्यार्थीहरुले विद्यालयलाई अग्नि नियन्त्रक यन्त्र सहयोग प्रदान गरेको हो ।
विद्यालयका प्रधानाध्यापक भरत अर्यालले पूर्व विद्यार्थीहरुको समुहले २० थान अग्नि नियन्त्रक यन्त्र विद्यालयलाई हस्तान्तरण गरेको जानकारी दिनुभयो ।

उहाँले विद्यालय जस्तो संवेदनशील शैक्षिक संस्थामा आगलागी जस्ता आकस्मिक जोखिमबाट विद्यार्थी, शिक्षक तथा भौतिक संरचनाको सुरक्षा गर्न अग्नि नियन्त्रक यन्त्र अत्यन्तै महत्वपूर्ण साधन हुने भन्दै पूर्व विद्यार्थीहरूबाट गरिएको यस सहयोगले विद्यालयप्रतिको उत्तरदायित्व प्रस्तुत गरेको बताउनुभयो ।
उक्त सहयोगबाट विद्यालयको शैक्षिक, भौतिक तथा सुरक्षात्मक विकासका सहयोगसमेत उहाँको भनाई छ ।

ताजा समाचार

Related Articles