पुलिस क्लबलाई एन्फा यु–१६ युथ लिगको उपाधि

लोकप्रिय

काठमाडौँ, पुस १४ गते । विभागीय टोली नेपाल पुलिस क्लब एन्फा यु–१६ युथ लिगको उपाधि जितेको छ । सोमबार लिगको अन्तिम तथा निर्णायक खेलमा जावलाखेल युवा क्लबलाई ६–० ले हराएसँगै पुलिस च्याम्पियन बनेको हो । उपाधिमा आफ्नो दाबेदारी अन्तिम खेलसम्म दिएको मच्छिन्द्र क्लबले फ्रेन्ड्स क्लबसँग ३–२ को हार बेहोर्दा पुलिसले स्पष्ट तीन अङ्कको अग्रता लिँदै उपाधि चुम्यो ।

अन्तिम खेल खेल्नुअघि पुलिस र मच्छिन्द्र दुवैले ५८ अंक जोडेका थिए । गोल भिन्नताका आधारमा पुलिस अगाडि थियो । दुबैलाई उपाधि चुम्न जितबाहेक विकल्प थिएन । तर, मच्छिन्द्रले लयमा रहेको फ्रेन्ड्स क्लबसँग अप्रत्याशित ३–२ गोलको हार बेहोर्‍यो । मच्छिन्द्रलाई हराएपछि फ्रेन्ड्स तेस्रो भयो । ५७ अंक जोडेको फ्रेन्ड्सले मनाङ मर्स्याङ्दीलाई उछिन्यो ।

उपाधिसँगे पुलिसले ट्रफीसहित एक लाख रुपैयाँ प्राप्त गर्‍यो । उपविजेता मछिन्द्रले ५० हजार रुपैयाँमा चित्त बुझायो । पुलिसका समीर प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले ट्रफीसहित १५ हजार रुपैयाँ प्राप्त गरे ।

यस्तै मनाङका गोलकिपर विशाल गुरुङ सर्वोत्कृष्ट गोलकिपर चुनिँदा २० गोल गरेका मच्छिन्द्रका विकाश थापाले सर्वाधिक गोलकर्ताको पुरस्कार जिते । यी दुईले पनि ट्रफीसहित १५ हजार रुपैयाँ प्राप्त गरे । लिगमा मात्र एक खेल जितेको सातदोबाटो युवा क्लब अङ्कतालिकाको पुछारमा रह्यो । त्यस्तै विभागीय टोली त्रिभुवन आर्मी क्लब र प्लानिङ ब्वाइज युनाइटेड क्रमशः पुछारबाट दोस्रो र तेस्रो स्थानमा रह्यो ।

ताजा समाचार

Related Articles