गृहमन्त्रीलाई कानुनले बल प्रयोगका लागि निर्देशन दिने अधिकार दिएको छैन

लोकप्रिय

काठमाडौँ, पुस १४ गते । पूर्व गृहमन्त्री रमेश लेखेकले गत भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा आफुले कुनै बल प्रयोगको निर्देशन नदिएको बताउनुभएको छ ।
जेनजी आन्दोलन भदौ २३ र २४ गेतको घटनाको छानविन आयोग समक्ष आज बयान दिनुहुँदै तत्कालिन गृहमन्त्री लेखकले प्रचलित कानुनले गृहमन्त्रीलाई वल प्रयोगको निर्देशदिने ब्यवस्था नगरेको र त्यस्तो निर्देशन आफुले नदिएको बताउनुभएको हो ।

”प्रदर्शनहरुमा गृहमन्त्रीले बल प्रयोग गर्ने बारे कुनै लिखित र मौखिक आदेश दिने प्रश्न नै उठ्दैन । न त त्यस्तो कुनै कानूनी व्यवस्था नै छ । गृहमन्त्रीलाई कुनै पनि कानुनले बल प्रयोग सम्बन्धमा निर्देशन दिने अधिकार दिएको छैन । त्यस्तो कुनै आदेश मैले दिएको पनि छैन । सरकारको राजनीतिक नेतृत्व गरिरहेको व्यक्तिलाई बल प्रयोग गर्ने, नगर्ने वा कति गर्ने भन्ने बिषयको न त कानूनी जिम्मेवारी छ, न त यस बारे ज्ञान हुन्छ, न त व्यवहारतः त्यस्तो आदेश दिने कुरा हुन्छ । न त त्यस्तो कुनै आदेश नै दिइएको थियो ।” लेखकले आयोग समक्ष दिएको लिखित बयानमा उल्लेख भन्नु भएको छ ।

पूर्व गृहमन्त्री लेखकले भाद्र २३ मा जेन जी पुस्ताले राखेका माग ठिक थएको भएपनि त्यो पुस्ताको असल मनोभावनामा घुसपैठ भएर जसरी जे जस्ता दुःखद् घटना भए र राज्यका ऐतिहासिक तथा अमूल्य संरचनाहरु माथि जसरी आक्रमण भए, त्यो तत्कालीन आवेगको उपज थियो भन्नु ति पवित्र मनोभाव भएका युवाहरु प्रति नै अन्याय हुने धारणा राख्न् भयो ।
उहाँले भदौ २४ गतेका घटनालाई युवाको माग भन्दा पृथक ढंगले हेर्नु पर्दछ र आपराधिक कार्यमा संलग्न जो सुकैलाई कारवाही गर्नु पर्ने जोड दिनुभयो।

आयोगले प्रदर्शनमा कस्ले कसरी घुसपैठ गर्यो भन्ने विषयलाइ पनि अत्यन्त सुक्ष्म ढंगलेअनुसन्धान गर्न आवश्यक छ । आयोगले बर्तमान र भविष्य दुबैका लागि यस विषयमा गम्भिरतापूर्वक हेर्नेछ भन्ने मेरो विश्वास छ लेखकले भन्नुभयो ।

 

ताजा समाचार

Related Articles