समानुपातिकतर्फ कांग्रेसबाट मकवानपुरका दुईसहित बागमतीका २० जना बन्द सूचीमा

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, पुस १५ गते । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ नेपाली कांग्रेसले ११० जनाको बन्द सूची निर्वाचन आयोगमा पेस गरेको छ ।
कांग्रेसले निर्वाचन आयोगमा मङ्गलबार बुझाएको बन्द सूचीमा बागमती प्रदेशका १३ जिल्लामध्ये नौ जिल्लाका मात्र उम्मेदवार समेटिएका छन् ।

अधिकांश नयाँले अवसर पाएको कांग्रेसमा बागमतीको सबैभन्दा बढी काठमाडौँ जिल्लाबाट छ जनाको नाम बन्द सूचीमा परेको छ ।
नुवाकोट र भक्तपुरबाट तीन–तीन जना, मकवानपुर र धादिङबाट दुई –दुई जना, रामेछाप, रसुवा, दोलखा र सिन्धुलीबाट एक–एक जना यस प्रदेशबाट समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्द सूचीमा समावेश भएका छन् ।

मकवानपुरबाट पवित्रा सुनार (विश्वकर्मा) र शर्मिला श्रेष्ठको नाम प्रतिनिधि सभा सदस्यको लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्द सूचीमा परेको हो ।
यस्तै कांग्रेसको पुराना नेता नुवाकोटका अर्जुननरसिंह केसी र काठमाडौँका भीमसेनदास प्रधानको नाम बन्द सूचीमा रहेको छ । कांग्रेसको समानुपातिकको बन्द सूचीमा ललितपुर, चितवन, काभ्रपलाञ्चोक र सिन्धुपाल्चोकका उम्मेदवार परेका छैनन् ।

नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको सूची :

ताजा समाचार

Related Articles