८५ चौपायासहित १० जना नियन्त्रणमा

लोकप्रिय

हेटौँडा, पुस १७ गते । मकवानपुर प्रहरीले तीन महिनामा अवैध रुपमा ल्याईएका ८५ चौपायासहित १० जनालाई नियन्त्रणमा लिएको छ ।
गत भदौमा भएको जेन्जी आन्दोलनपछिको तीन महिनामा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले जिल्लाको विभिन्न स्थानहरुमा नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरमा प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले सवारी साधनहरु जाँच गर्ने क्रममा अवैध रुपमा ल्याइएका चौपाया, ओसारपसारमा संलग्न व्यक्ति र छ वटा सवारी साधन नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।
सवारी साधनहरुमा अवैध रुपमा ल्याईएका चौपायहरु ( गाई गोरु ) सहित नियन्त्रणमा लिईएका व्यक्तिहरुलाई आवश्यक कारबाहीको लागी पशुसेवा कार्यालय हेटौँडा, मकवानपुर पठाईएको छ ।
गत असोज ३० गते सात वटा चौपायासहित एउटा वटा सवारी साधन र तीन जना, कात्तिक १३ गते २५ वटा चौपाया एक वटा सवारी साधन र एक जना तथा कात्तिक १९ गते २२ वटा चौपाय एक वटा सवारी साधन र तीन जना पशुचौपाया अवैध रुपमा ओसारपसारमा संलग्न भएकामाथि मुद्दा दर्ता गरिएको प्रहरी कार्यालयको भनाई छ ।

यही पुस १३ गते पाँच वटा चौपाया एक वटा सवारी साधन र एक जना नियन्त्रण, पुस १४ गते पाँच वटा चौपाय एक वटा सवारी साधन र एक जना नियन्त्रण तथा बिहीबार २१ वटा चौपाया एक वटा सवारी साधनसहित एक जना ओसारपसारमा संलग्नलाई नियन्त्रण लिएर जरिवाना गरिएको प्रहरी नायव उपरीक्षक बोगटीले बताउनुभयो ।

ताजा समाचार

Related Articles