कांग्रेस आधिकारिकता विवाद : दुवै पक्षको निर्वाचन आयोगमा प्रदर्शन

लोकप्रिय

काठमाडौँ, माघ २ गते । नेपाली कांग्रेसको आधिकारिकता विवाद उत्कर्षमा पुगेको छ । शुक्रबार सभापति शेरबहादुर देउवा समूह र सभापति गगन थापा समूहले निर्वाचन आयोगमा प्रदर्शन गरेका हुन् ।

देउवा र थापा दुवै समूहले एकअर्काविरुद्ध आधिकारिकताको दाबी गर्दै आयोग परिसरमा प्रदर्शन र धर्ना दिएका हुन् । विशेष महाधिवेशनबाट गगन थापालाई सभापति चयन गरेको पक्षले बिहीबार आधिकारिकताको माग गर्दै आयोगमा निवेदन दर्ता गराएको थियो । त्यसको प्रतिवादमा शुक्रबार बिहानै देउवा पक्षका शीर्ष नेता तथा कार्यकर्ताको जम्बो टोली आयोग पुगेको थियो ।

आयोग परिसरमा देउवा पक्षका नेताले आफूहरू नै वैधानिक कांग्रेस भएको जिकिर गर्दै शक्ति प्रदर्शन गरेपछि थापा समूहसमेत आयोग पुगेको हो । देउवा पक्षका नेताले विशेष महाधिवेशनलाई पार्टी विधानविपरीत भएको भन्दै विरोध गरेका छन् । उनीहरूले यदि आयोगले विधान, संविधान र कानुनविपरीत निर्णय गरेमा देशव्यापी आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।

ताजा समाचार

Related Articles